काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार २०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ३ हजार २२० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












प्रतिक्रिया