काठमाडौं । नेपाल सेनाका अवकाशप्राप्त उपरथी सुरेश कुमार कार्कीको अध्यक्षतामा ‘जय मातृभूमि पार्टी’ औपचारिक रूपमा गठन भएको छ।

जय जन्मभूमि पार्टी नेपाल र राष्ट्रिय मातृभूमि पार्टी बीच एकीकरण भई जय मातृभूमि पार्टी नामक नयाँ राजनीतिक दल वैधानिक रूपमा दर्ता भएको हो।

advertisement

नवगठित दलले राष्ट्रिय स्वाभिमान, सुशासन, स्थिरता र विकासलाई केन्द्रीय एजेण्डा बनाउँदै राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ। पार्टी नेतृत्वका अनुसार राजनीतिक विभाजन, बढ्दो भ्रष्टाचार र दीर्घकालीन अस्थिरताबाट दिग्भ्रमित जनताका लागि यो दल एक भरोसायोग्य वैकल्पिक प्लेटफर्म बन्ने लक्ष्यसहित अघि बढेको जनाइएको छ।

पार्टीको प्रारम्भिक संरचनामा पूर्व सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। विशेषगरी नेपाली सेना तथा नेपाल प्रहरीका निवृत्त अधिकारीहरू, कर्मचारीतन्त्रमा दीर्घ अनुभव बटुलेका वरिष्ठ प्रशासक, साथै विभिन्न क्षेत्रका दक्ष र अनुभवी व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको बताइएको छ।

अध्यक्ष कार्कीले पार्टीले राष्ट्रहित, समावेशी विकास, सुशासन तथा नागरिकको पहिचान र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “जनता अहिलेको राजनीतिक अवस्थाबाट निराश र विकल्पको खोजीमा छन्। जय मातृभूमि पार्टी त्यही भरोसायोग्य विकल्प बन्नेछ।”

काठमाडौंको बत्तीसपुतलीमा केन्द्रीय कार्यालय रहेको पार्टीले निकट भविष्यमा देशव्यापी संगठन विस्तार, नीतिगत एजेण्डा सार्वजनिक तथा राजनीतिक गतिविधि सशक्त रूपमा अघि बढाउने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com