काठमाडौं । नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ का क्षेत्रीय सभापति गोविन्द गुरुङले पार्टीभित्र गगन थापा र विशेष महाधिवेशनलाई लिएर अब कुनै विकल्प नभएको स्पष्ट पारेका छन्।

काठमाडौंको राष्ट्रिय सभा गृहमा विशेष महाधिवेशन पक्षधरहरूको भेलामा बोल्दै गुरुङले भने, ‘कसैको नाम लिनुमा हामी अलमलिएको जस्तो देखिनु हुँदैन। अबको विकल्प गगन थापाको पनि होइन, विशेष महाधिवेशनको पनि होइन।’

advertisement

उनले पार्टीभित्रका केहि पेरिफेरिका नेताहरू अझै भ्रष्टाचारमा लिप्त भएको भन्दै त्यस अवसरलाई प्रयोग गर्न सक्ने अवस्था रहेको आरोप लगाए।

गुरुङले महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरको महत्वमाथि पनि जोड दिंदै भने, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सामान्य रूपमा नलिनुहोस्। ५४ प्रतिशत महासमिति प्रतिनिधि नै अभियान्ता हुन्। अब ढिला नगरी विशेष महाधिवेशनको पक्षमा पूर्ण रूपमा संगठित हुनुपर्छ। भोलि हुने केन्द्रीय समिति बैठकले पनि युवा नेतृत्वमा परिवर्तनको मार्ग तय गर्नेछ। यसैले विशेष महाधिवेशनको विकल्प छैन।’

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com