काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।
दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् ।
‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘फूलबारी’ सेटबाट दयाहाङ सिधै अस्पताल पुगेका हुन्।
प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार
प्रतिक्रिया