सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका–१ मा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । पातारासी–२ का १७ वर्षीय नन्दराम बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

शनिबार (मंसिर १३) अपराह्न ४ः३० बजेतिर बाटोमा हिँडिरहेका बुढालाई क.०२–००१ ट ०१३८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

advertisement

दुर्घटनापछि ट्याक्टरका चालक धर्मेन्द्र बुढा फरार रहेका र उनको खोजी गरिरहेको जुम्लाका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com