काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । सीआईबी टोलीले उनलाई आज पक्राउ गरेको हो ।
यसअघि कात्तिक २२ गते सीआईबीको टोलीले प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर विभिन्न महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।
सीआईबीले कात्तिक ११ मै प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरिसकेको थियो।
प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दर्ता गराएको ९८ करोड रुपैयाँ ठगीसम्बन्धी जाहेरीका आधारमा सीआईबीले दुवै घटनामा आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार












प्रतिक्रिया