काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र नायब प्रमुख कार्यकारी अधिकृतसहितका उच्च पदस्थ कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच प्रभु बैंककै प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त भने भागेर महेन्द्रनगर पुगेको उनी निकट स्रोतले जनाएको छ । सीआईबीले उच्च पदस्थहरुलाई पक्राउ गर्दैछ भन्ने सूचना पाएपछि घर जाने बहानामा उनी महेन्द्रनगर पुगेकी हुन् ।
आज केही बेरअघि बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट बैंकका सीईओ अशोक शेरचन ,डिसीईओ मणीराम पोखरेललगातका उच्च पदस्थहरुलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको छ।
घटनाको विषयलाई पृष्टि गर्दै सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बैंकिक कसुर अन्तर्गतको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रष्ट पारे । ‘हाम्रो टोलीले उनीहरु दुईजना बाहेक अरुलाई पनि पक्राउ गरेको छ । विस्तृत विवरण केही समयपछि सार्वजनिक गछौं,’ उनले भने।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार













प्रतिक्रिया