काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो ।

फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५/५ रनको योगदान गरे पनि जिताउन सकेनन् । युएईका युग जै शर्मा र अली असगर शम्सले तीन÷तीन विकेट हात पारे ।

advertisement

यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५ दशमलव पाँच ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले छ, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक/एक विकेट लिए ।

यसैबीच नेपाल र युएई एसिया कप खेल्नका लागि भने यसअघि नै छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ ।

 

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com