काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा गोकर्णेश्वर–६ जोरपाटीमा विशेष ‘साथी ज्याकेट’ वितरण कार्यक्रम सम्पन्न भएको छ।
‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नति संवर्धन’ भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई जाडोको न्यानो कपडा वितरण गरिएको हो।
कार्यक्रम युवा अपाङ्ग संगठन नेपालको संयोजकत्व तथा एभरेस्ट वासिङ एण्ड गार्मेन्ट कम्पनी प्रालिका मधु क्षेत्रीको सहयोगमा सम्पन्न भएको हो। चिसो मौसममा अपाङ्गता भएका व्यक्तिहरूले भोग्ने कठिनाइलाई मध्यनजर गर्दै उनीहरूको दैनिक जीवन सहज बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार













प्रतिक्रिया