काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले वर्तमान सरकारका मन्त्रीहरूमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाएपछि शिक्षामन्त्री महावीर पुनले त्यसको व्यंग्यात्मक प्रतिवाद गरेका छन्।

नेता बस्नेतले मंगलबार ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि ५ अर्ब रुपैयाँको ‘सेटिङ’ गरेको आरोप लगाएका थिए। सोही आरोपसहितको पोस्ट सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले बस्नेत र उनको पार्टीले विगतमा गरेका कामप्रति तिखो व्यंग्य प्रहार गरेका हुन्।

advertisement

मन्त्री पुनले एमाले नेता बस्नेतको अभिव्यक्तिलाई ‘हाँसउठ्दो’ भन्दै टिप्पणी गरेका छन्। उनले विगतमा सत्तामा हुँदा उनीहरूले देशको कायापलट गरेजस्तो गरी अहिले अरूलाई अर्ती दिएको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

‘के के न आफूहरूले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले– म त हाँसेरै मर्छु कि क्या हो।’ शिक्षामन्त्री पुनले लेखेका छन्।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com