काठमाडौं । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले कोशी प्रदेशमा काठ कटान तथा संकलन प्रक्रियामा भइरहेको भनिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगरले सुनसरीका पाँचकन्या, विष्णुपादुका, नडाहा लगायतका स्थानस्थित राष्ट्रिय वन क्षेत्रभित्र गोलिया काठ कटान, संकलन र ग्रेडिङ गर्दा मापदण्ड विपरीत काम गरेको र यसले राज्यको राजस्व छली भएको जनाइएको छ।

महासंघले काठ कटान र संकलन कार्य निर्धारित नियम तथा मापदण्डअनुसार गर्नुपर्ने औंल्याउँदै लापरबाही र अनियमिततागरी राज्यलाई क्षति पुर्‍याउने जो–कसैलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरेको छ।

कोशी प्रदेशमा नेपाल वन निगमले नियम विपरीत काठ कटान गरेको सम्बन्धी समाचार प्रकाशित भएकाले सत्यतथ्य छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न महासंघले बिज्ञप्ति जारी गर्दै सरकारसमक्ष माग गरेको छ।

विज्ञप्ति:

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com