पोखरा । कास्कीको मादी गाउँपालिकाको थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा एक जनप्रतिनिधिसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा मादी गाउँपालिका-१ का वडासदस्य ३४ वर्षीय खरजंग गुरुङ पनि छन् ।
उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यरातमा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ,’ उनले भने । चोरी गरिएको पाइप करिब १४ लाख रुपैयाँ बराबर भएको अनुमान छ।
मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङका अनुसार यसअघि पनि उक्त आयोजनाबाट पाइप चोरी हुँदै आएको थियो । ‘अहिले चोरी भएको पाइप पुरानो नभई प्रयोगमै आइरहेको पाइप हो’ उनले भने ।
प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार
प्रतिक्रिया