काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान स्रोतले जनाएको छ । अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको छ । निर्णयसँगै यसमा जोडिएकाहरूलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाएको हो ।
स्रोतका अनुुसार उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार













प्रतिक्रिया