काठमाडौं । जेन–जी अभियन्ताका रुपमा आफुलाई प्रस्तुत गर्दै आएका सुधन गुरुङले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।
भेटका क्रममा लामिछानेले आफूमाथि अन्यायपूर्ण व्यवहार भइरहेको गुनासो गरेको गुरुङको भनाइ छ । ‘उहाँ देशमा सुधार ल्याउने उद्देश्यले राजनीति प्रवेश गर्नुभएको व्यक्ति हो, तर राम्रो काम गर्न खोज्नेहरूलाई योजनाबद्ध रूपमा फसाउने प्रयास भइरहेको देखिन्छ,’ गुरुङले भेटपछि भने ।
उनका अनुसार, लामिछानेले जेन–जी अभियानप्रति खुला समर्थन जनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
लामिछानेसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाए।
‘अब गृहमन्त्रीलाई हाम्रो अल्टिमेटम स्पष्ट छ, कि त काम गरेर देखाउनुस्, होइन भने कुर्सी छोड्नुस्,’ गुरुङले भने ।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया