काठमाडौं । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ। रोमाञ्चक खेलमा रियल बेटिसमाथि बार्साले ५-३ गोल अन्तरको जित निकालेको हो।

खेल सुरु भएको छैटौं मिनेटमा रियल बेटिसले अग्रता लिएको थियो। उसका लागि एन्टोनीले पहिलो गोल गरे। तर त्यसको पाँच मिनेटमै बार्सिलोनाका लागि फरान टोरेसले बराबरी गोल फर्काए। खेलको पहिलो हाफ अर्थात् १३ र ४० मिनेटमा थप दुई गोल गर्दै बार्सिलोनाका लागि टोरेसले ह्याट्रिक पूरा गरे।

advertisement

दोस्रो हाफको ५९ मिनेटमा लामिन यामलले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई ५-१ को अग्रता दिलाए। बार्सिलोनाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको बेटिसका लागि ८५ औं मिनेटमा टिएगो लोरेन्टे अर्को गोल फर्काए। खेलको अन्तिम समय ९० औं मिनेटमा कुचो हर्नान्डेजले पेनाल्टी गोल गर्दै खेल ५–३ मा सकिएको हो।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com