काठमाडौं । मिटरब्याज विरोधी आन्दोलनका अगुवा संघर्ष दाहाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। शनिबार जनकपुरमा आयोजित विशेष कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले औपचारिक रूपमा दाहाललाई पार्टीमा स्वागत गरेका हुन्।

दाहालसँगै चीनमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गर्दै आएका अन्य युवाहरु, मिटरब्याज पीडित तथा लघुवित्त पीडितहरूको समूह पनि सामूहिक रूपमा नेकपामा प्रवेश गरेको कार्यक्रमस्थलबाट जानकारी गराइएको छ।

२०७९ चैत २ गते महोत्तरीको बर्दिवासबाट दाहालले नेतृत्व गरेको १२ दिने पैदल मार्च मार्फत उनले मधेसका मिटरब्याज पीडितलाई संगठित गरी काठमाडौं ल्याएका थिए। त्यही दबाबका कारण प्रचण्ड नेतृत्वको सरकारबाट मिटरब्याजसम्बन्धी कानुन बनेको थियो भने समस्या छानबिनका लागि आयोग पनि गठन गरिएको थियो।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com