काठमाडौं । वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई प्रेस काउन्सिलको अध्यक्ष पदमा नियुक्ति गरिएको छ।
सरकारले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रूपमा कार्यरत आचार्यलाई नियुक्त गरेको हो। आइतबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा उनलाई औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरिएको छ।
डा. आचार्य यसअघि करिब तीन वर्षसम्म मेलमिलाप परिषद्का सदस्यको रूपमा काम गरिसकेका छन्। २०४० सालमा अधिवक्ता पद हासिल गरेका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए।
त्यस्तै, उनी नेपाल बारका उपाध्यक्ष समेत भइसकेका छन् र २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा समेत काम गरेको अनुभव छ।
अचार्यले २०७४ सालमा लुम्बिनी प्रदेशको कानुन आयोगमा डेढ वर्ष काम गर्दै कानुन र नीति निर्माणमा योगदान दिएका थिए।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया