काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ। पार्टीले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई रिट दायर गर्न पठाएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै तत्काल पुनर्स्थापनाको माग–सम्बन्धी रिट सर्वोच्चमा पेश गरेको हो। उनले भने, ‘संसद् पुनर्स्थापनाका लागि खम्मजीलाई वारेसमार्फत सर्वोच्च पठाइएको छ।’
यसअघि मुख्य विपक्षी नेकपा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट निवेदन दर्ता गराइसकेको छ।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया