काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको भेटमा उनिहरूबीच नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथमिकताका सम्बन्धमा छलफल भएको थियो ।

advertisement

मन्त्री खरेलले नेपालको वर्तमान परिस्थितिको बारेमा बताउनुको साथै सरकारले तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गरे । साथै मन्त्री खरेलले उक्त भेटमा नेपाल र भारतबीचको सम्बन्ध, नेपालमा भारत सरकारका तर्फबाट सूचना प्रविधिको क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।

अतिरिक्त सचिव महावीरले नेपालमा भारत सरकारले निरन्तर सहयोग गर्दै आइरहेको तथा भारत सरकार नेपालले तय गरेको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको जानकारी गराएका थिए ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com