काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनः पदबहाली भएका छन्। अदालतको आदेश जारी भएको दुई दिनपछि उनले बुधबार बिहान प्राधिकरणको कार्यालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् ।

सोमबार सर्वोच्च अदालतले सरकारद्वारा गरिएको शाक्यको बर्खास्ती निर्णय असंगत भएको ठहर गर्दै उनलाई पूर्ववतरूपमा पुनः नियुक्ति गर्न परमादेश जारी गरेको थियो। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई हटाउने निर्णय कानुनसम्मत नभएको निष्कर्ष निकालेको हो।

गत असोज ५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएका थिए। सो निर्णयविरुद्ध न्यायिक उपचार खोज्दै शाक्य सर्वोच्च अदालत पुगेका थिए। अदालतले उनको पक्षमा फैसलासहित पदमा पुनर्बहालीको बाटो खुलेपछि उनी आजबाट पुनः कार्यमा फर्किएका हुन्।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com