काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट एकल तथा सर्वसम्मत सिफारिस गरिएको छ।

क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले थापालाई प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा एकमतले सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए। संगतका अनुसार प्रत्यक्षतर्फ थापाको नाममा कुनै प्रतिस्पर्धी प्रस्ताव नआएकाले सर्वसम्मत एकल सिफारिस गरिएको हो।

समानुपातिक तर्फ भने तीनजनाको नाम सिफारिस गरिएको छ। तीमध्ये राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा परेका छन्।

यसअघि महामन्त्री थापाको नाम रोल्पा, सर्लाही–४ र धनकुटाबाट समेत सिफारिस भइसकेको थियो। थापा काठमाडौं–४ बाट तीन पटक प्रत्यक्ष निर्वाचित भइसकेका छन्। २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने उनी समानुपातिक कोटाबाट सांसद बनेका थिए।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com