काठमाडाैं । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी मिडियाका अनुसार, सान्टौमा रहेको चार तले भवनमा मंगलबार राति करिब ९:२० बजे आगो लागेको थियो। स्थानीय अग्निशमन विभागले राति १० बजे पछि आगो नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

चाओनान जिल्ला फायर एन्ड रेस्क्यु टोलीका अनुसार आगलागीले भवनको करिब १५० वर्ग मिटर क्षेत्रफल प्रभावित भएको छ। उनीहरूले आगलागीको कारण अनुसन्धान भइरहेको र व्यवस्थापनका कार्य जारी रहेको पनि बताएका छन्।

advertisement

यसअघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जानकारी दिइएको थियो। पछिल्ला अपडेट अनुसार, चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले मृतक संख्या १२ पुगेको पुष्टि गरेको छ।

गत महिनामा हङकङमा ठूलो आगलागी भएपछि चीनले अग्ला भवनहरूमा सुरक्षा र आगो नियन्त्रणको विषयमा व्यापक अभियान समेत चलाएको थियो।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com