काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध अहिलेसम्म कोही उम्मेदवारी नदिने आशा राखेको बताएका छन्।
बिहीबार राजधानीमा सञ्चारकर्मीसँगको अन्तरवार्तामा ओलीले परिस्थिति त्यस्तो नबनेको तर आफूलाई अझै आशा रहेको बताए।
उनले भने, ‘मेरो उठ्ने–नउठ्ने विषय अहिले अलिकति पनि त्यस्तो दिशामा गएको देख्दिनँ। तर फेरि पनि आशा छ, मेरो विरुद्ध कोही उम्मेदवार नउठून् र म निर्विरोध विजयी बनूँ। मलाई त्यो आशा छ।’
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया