दिक्तेल । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व आफूले सम्हाल्ने दाबी गरेका छन्।

शनिबार दिक्तेल बजारमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै साम्पाङले जनताको पूर्ण समर्थन पाए आगामी सरकारको नेतृत्व गर्ने आफ्नो दृढ विश्वास व्यक्त गरे। उनले भने, ‘भिजन नभएका नेताको हातमा देश पुग्दा विकास हुन सक्दैन। वर्तमान समस्याको सही पहिचान नगर्ने व्यक्ति नेता हुन सक्दैन।’

advertisement

अध्यक्ष साम्पाङलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको थियो। उनले आफ्नो पार्टीलाई जनताको भरोसा प्राप्त भएको भन्दै आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने दाबी पनि गरे।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com