ओलीले संख्या होइन, मन मिलाउन ध्यान दिनुस् : योगेश भट्टराई

म अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु, संख्या होइन, मन जोड्नुस्। मतभन्दा महत्त्वपूर्ण कुरा भनेको मन हो।'



काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रको मतको संख्याभन्दा मन मिलाउने विषयमा बढी ध्यान दिन सुझाव दिएका छन्।

आइतबार भएको केन्द्रीय कमिटी बैठकमा नेता भट्टराईले भने, ‘एउटा प्रक्रिया तय भइसकेको छ, त्यसलाई फेरि उल्टाउनु हुँदैन। म अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु, संख्या होइन, मन जोड्नुस्। मतभन्दा महत्त्वपूर्ण कुरा भनेको मन हो।’

advertisement

उनले थपे, ‘हामी गम्भीर मोडमा छौँ। केन्द्रीय कमिटीको अन्तिम बैठकमा उपस्थित छौँ र कमिटीले आफ्नो निर्णय गर्ने क्षमता देखाएको छ। केही कमरेडले देखाएको शंका प्रति म भन्न चाहन्छु, हामी सबै एउटै डुंगामा छौँ। २३ र २४ भदौले हामी सबैलाई कडा सन्देश दिएको छ, यसलाई कम आँक्नु हुँदैन। संख्या हाम्रो क्षमता निर्धारण गर्ने छैन।’

 

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com