सङ्खुवासभा । मादी नगरपालिकामा आफ्नै श्रीमतीको कुटपिटपछि हत्या गरी शव गाडेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा छन्। उनलाई शनिबार पक्राउ गरिएको हो।

advertisement

प्रहरीका अनुसार गत मंसिर ९ गते राति करिब १०ः३० बजे मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्किँदै गरेकी ३७ वर्षीया मिना शेर्पा बाटोमै बेपत्ता भएकी थिइन्। प्रेमले प्रहरी चौकी मादी मङ्गलबारेमा निवेदन दिँदै आफ्नी श्रीमती हराएको जानकारी दिएका थिए।

प्रहरीको खोजतलास र सोधपुछ क्रममा प्रेममाथि नै शंका लागेपछि उनले आफ्नै हातहतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेका छन्। उनले बताएको अनुसार, सोही राति सामान्य विवादका क्रममा उनले आफ्नी श्रीमतीलाई बाटोमै कुटपिट गरी हत्या गरेका हुन्। हत्यापछि शवलाई त्रिपालमा बेरेर मादी नगरपालिका–३ स्थित आफ्नै अलैंची बारीमा खाडलमा गाडेका थिए।

उनको बयानअनुसार इलाका प्रहरी कार्यालय चैनपुरको टोली, प्रहरी निरीक्षक पर्शुराम राईको कमान्डमा खटिएको टोलीले उत्खनन गर्दा जमिनभित्र त्रिपालमा बेरेको अवस्थामा महिलाको शव फेला पारेको छ। शव सडेगलेको अवस्थामा रहेको बताइएको छ।

पक्राउ परेपछि प्रेमलाई सङ्खुवासभा जिल्ला अदालत चैनपुरले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको छ। इलाका प्रहरी कार्यालय चैनपुरले यस घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com