रघुजी पन्त र सुहाङ नेम्वाङ ओली प्यानलबाट उम्मेदवार

रघुजी पन्तले उपाध्यक्ष पदका लागि ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिने तयारी गरेको चर्चा थियो। तर मंगलबार ओली पक्षले प्रतिनिधिहरूलाई पठाएको अन्तिम प्यानल सूचीमा पन्तको नाम समेटिएको छ।



काठमाडौं । नेकपा (एमाले) को नेतृत्व चयनका लागि हुने निर्वाचनमा यसपटक प्यानलगत प्रतिस्पर्धा हुने भएको छ। सोही क्रममा वरिष्ठ नेता रघुजी पन्त र युवा नेता सुहाङ नेम्वाङलाई अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको प्यानलमा समावेश गरिएको छ।

यसअघि रघुजी पन्तले उपाध्यक्ष पदका लागि ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिने तयारी गरेको चर्चा थियो। तर मंगलबार ओली पक्षले प्रतिनिधिहरूलाई पठाएको अन्तिम प्यानल सूचीमा पन्तको नाम समेटिएको छ।

advertisement

त्यस्तै, सोमबार स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका सुहाङ नेम्वाङलाई पनि ओली प्यानलबाट खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनाइएको छ। सुहाङ स्वर्गीय संविधानसभाका अध्यक्ष तथा एमालेका वरिष्ठ नेता सुवास नेम्वाङका पुत्र हुन्।

नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com