काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेल हालै महाधिवेशन स्थलमा पुगेका छन्।
उनी नेता तथा कार्यकर्तासँग मत माग्न सुरु गरेका छन्। मतदान बिहान ८ बजे सुरु हुने भनिए पनि केही ढिलाइ भएको छ। यद्यपि मतदाताहरू लाइनमा बसेका छन्।
अध्यक्ष केपी शर्मा ओली मतदानस्थलमा पुगिसकेपछि मतदान सुरु गर्ने तयारी भइरहेको छ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया