काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिस्पर्धा एमालेले स्वीकार गरेको विधि भएको बताएका छन् । बुधबार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

एमाले अहिले पनि जनताको प्रिय पार्टी रहेको उल्लेख गर्दै बर्तौलाले वर्तमान कठिन राजनीतिक परिस्थितिमा निकास दिन सक्ने सामर्थ्य एमालेसँग मात्रै रहेको दाबी गरे । उनले मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने जिम्मेवारी एमालेले पूरा गर्ने बताए ।

advertisement

महाधिवेशनमार्फत पार्टी थप एकताबद्ध हुँदै राजनीतिक स्थायित्वतर्फ अघि बढ्ने कार्यभार पूरा गरिने उनको भनाइ छ । निर्वाचित नेतृत्वले समग्र भावना समेटेर पार्टीलाई अघि बढाउने विश्वास पनि उनले व्यक्त गरे ।

जुनसुकै प्रकारका प्रहार भए पनि नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ उभिने बर्तौलाले बताए । एमाले फुटोस् र त्यसबाट मान्छे ल्याएर पार्टी बनाउँछु भन्नेहरूको चाहना कहिल्यै पूरा नहुने पनि उनले स्पष्ट पारे ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com