काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ७०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया