काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन्जी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन् ।

अहिलेको अवस्थामा कांग्रेस कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा र घृणा रहेको भन्दै जनताले विकल्प खोजिरहेको र विकल्प हुन सक्ने क्षमता राष्ट्रवादी शक्तिहरूमा मात्र रहेको थापाले जिकिर गरेका छन।

advertisement

राप्रपा नेपाल आबद्ध पूर्व प्रहरी परिषद्को भेलालाई सम्बोधन गर्दै थापाले भने, ‘राष्ट्रवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो ।’

त्यस्तो एकता कायम गर्न अब कति पनि ढिलो गर्नु नहुने भन्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीचको एकता सकारात्मक रुपमा अघि बढिरहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘हामीहरुका बीचमा कुनै विवाद बाँकी छैन । एकता हुन ढिलो भइरहेकोमा पार्टीका कार्यकर्ता सहयोगी र शुभचिन्तकहरुमा चिन्ता देखिन्छ। ढिलो भएको छ।तर, म आशावादी छु, यो प्रकृया चाढै टुङ्गिन्छ।’

उनले राष्ट्रवादी शक्तिहरू एक भएको अवस्थामा सबै भन्दा ठूलो शक्ति हामी नै हुने समेत दाबी गरे । पछिल्लो घटनाक्रमबाट राजसंस्था र हिन्दू राष्ट्र स्थापना हुने सम्भावना बलियो भएको समेत उनको धारणा थियो ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com