काठमाडौँ । नेकपा एमालेका महाधिवेशन प्रतिनिधि सुशील प्याकुरेल नेतृत्व चयनका लागि मतदान गर्नबाट वञ्चित भएका छन् । मतदान कार्ड हराएपछि उनले मत हाल्न नपाएका हुन् ।
उनले स्क्यानिङमार्फत मतदान गर्ने व्यवस्था मिलाइदिन अन्तिम समयसम्म आग्रह गरेका थिए । तर निर्वाचन आयोगले सबै प्रतिनिधिका लागि एउटै प्रक्रिया लागू हुनुपर्ने भन्दै उनलाई मतदान गर्न नदिएको जनाएको छ ।
यस विषयमा केही समय विवादसमेत भएको थियो । अन्ततः अध्यक्ष पदका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलका प्रतिनिधिहरूले आग्रह गरेपछि प्याकुरेलले आफूलाई मतदान गर्न दिनुपर्ने अडानबाट पछि हटेका थिए ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया