काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतपरिणामले महासचिव पदमा कडा प्रतिस्पर्धा देखाएको छ ।
हालसम्मको गणनाअनुसार महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले १०८ मत हासिल गरेका छन् ।
यता अध्यक्ष पदतर्फ भने वर्तमान अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट अग्रता कायम गरेका छन् । मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












प्रतिक्रिया