कैलाली । अछाम १ मा एकल रुपमा सिफारिस भएर पनि टिकट नपाएका एमाले नेता भीम रावलले अहिले यस बिषयमा कुनै प्रतिक्रिया नदिने बताएका छन् ।

‘मैले अहिले हेरिरहेको छु कुरा बुझिरहेको छु’ उनले ग्लोबल नागरिकलाई भने ‘अहिले कुनै प्रतिक्रिया दिन्न ।’अछाममा रावलको नाम सिफारिस भएपनि झपट बोहराले टिकट पाएका छन् । बोहरा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सभामा विजयी भएर आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए।

advertisement

नेकपा विभाजन पछि अर्थमन्त्री छोडेर एमालेमा बसेका बोहरा अहिले अछाम इन्चार्ज हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको नाम सिफारिस गर्दा आफू कुनै क्षेत्रमा नलड्ने र पार्टी जिताउने बताएका बोहरालाई पार्टीले टिकट दिएको छ । यस विषयमा रावलले भने समय आएपछि प्रतिक्रिया दिने बताए ।

रावल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी २०५१ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए। २०६४ को संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।

दशौँ महाधिवेशनमा एमाले अध्यक्षमा पराजित भएका रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । उनले पार्टीको सल्लाहकार पद स्वीकारेका छैनन् ।

 

प्रकाशित मिति: २१ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com