काठमाडौं । नेकपा एमालेको सचिव पदको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल विजयी भएको छ।
सचिव पदमा सबैभन्दा बढी मत हासिल गर्दै महेश बस्नेत १५४४ मतसहित विजयी भएका छन्। उनीसँगै पद्माकुमारी अर्याल दोस्रो स्थानमा रहेकी छन्, जसले १५३० मत प्राप्त गरिन्।
तेस्रो स्थानमा छविलाल विश्वकर्मा रहेका छन्, जसले १५०६ मत पाएका छन्।
त्यसैगरी सचिव पदमा विजयी भएका अन्य उम्मेदवारहरूमा शेरधन राई (१५०३ मत), हिक्मतकुमार कार्की (१३३७ मत), खगराज अधिकारी (१२३१ मत), यामलाल कंडेल (११८५ मत), राजन भट्टराई (११८१ मत) र भानुभक्त ढकाल (११०८ मत) रहेका छन्।
निर्वाचन नतिजा अनुसार, अध्यक्ष केपी शर्मा ओलीको प्यानलले सचिव पदमा पूर्ण रूपमा विजय हासिल गरेको देखिन्छ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया