काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव रघुवीर महासेठले अध्यक्ष पदमा प्रतिस्पर्धा गरी पराजित भएका ईश्वर पोखरेलप्रति सदैव सम्मान रहने बताएका छन्।
उपमहासचिव पदमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले भने, ‘यो पार्टी निर्माणमा आज निर्वाचित भएका र पराजित भएका सबैको समान योगदान छ। अध्यक्ष पदमा फरक प्यानलबाट प्रतिस्पर्धा भए तापनि ईश्वर पोखरेल हाम्रो नेता नै रहिरहने छन्।’
महासेठ अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार भएका थिए भने पोखरेलले फरक प्यानल बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए।
उनले जनताको बहुदलीय जनवादअनुसार निर्वाचनमार्फत नेतृत्व चयन हुने व्यवस्था पार्टीको मजबुत पक्ष भएको उल्लेख गर्दै थपे, ‘ईश्वर पोखरेल आज पनि हाम्रो नेता हुन्, भोलि पनि हाम्रो नेता नै रहिरहने छन्।’
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया