काठमाडौं । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौता संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रिटमाथि शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

अधिवक्ता तथा कानुनका विद्यार्थीहरूले दायर गरेको रिटमा सम्झौतामा संघीय तथा प्रदेश सरकारका प्रमुखलाई अधिकतम दुई कार्यकालमा सीमित गर्ने प्रावधान संविधान, राजनीतिक दलसम्बन्धी ऐन तथा कानुनी व्यवस्थासँग प्रत्यक्ष रूपमा बाझिने उल्लेख गरिएको छ ।

advertisement

निर्वाचनमार्फत जनादेश नपाएको अन्तरिम सरकारले दीर्घकालीन असर पार्ने राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नराख्ने र सडक दबाबका आधारमा संविधानको सीमाबाहिर निर्णय गर्दा मुलुक अस्थिरतातर्फ धकेलिने खतरा रहेको दाबी रिटमा गरिएको छ ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com