काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी पुनः नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा झाँक्रीले १,९११ मत प्राप्त गर्दै लोकप्रिय मतसहित केन्द्रीय सदस्य पदमा विजय हासिल गरेकी हुन्। निर्वाचनमा सहभागी २,२६३ प्रतिनिधिमध्ये ३६ जनाबाहेक सबैले मतदान गरेका थिए।

advertisement

यसअघि एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा रहेकी झाँक्री पुनः एमालेमा फर्किएपछि संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन्। पुनरागमनसँगै पार्टीभित्र व्यापक समर्थन प्राप्त गर्दै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com