काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतले रिहा गर्ने आदेश दिएकामा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले स्वागत व्यक्त गरेका छन्।
बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेलाई रिहा गर्ने आदेश जारी गरेको थियो। अदालतको निर्णयपछि गुरुङले सामाजिक सञ्जालमार्फत रास्वपा र लामिछानेलाई बधाई दिनुका साथै आफ्नो उत्साह व्यक्त गरेका छन्।
गुरुङले फेसबुकमा लेखेका छन्, ‘बधाई छ रास्वपा। जनताको परम शक्तिलाई एकताबद्ध गर्न उत्सुक छु। टाइम फर दी फाइनल युनिफिकेसन।’
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले राखेका सर्तहरु के-के छन् ?
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया