काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ५० वर्ष लामो राजनीतिक यात्रालाई समेट्दै उनले ६६ वर्षको उमेरमा सक्रिय भूमिकाबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।

advertisement

अधिकारीले ४४ वर्ष पूर्णकालीन रूपमा राजनीति गरेको उल्लेख गर्दै इमान, निष्ठा र समर्पणका साथ काम गरेको बताएका छन्। ‘तन, मन र धन दिएर निस्वार्थ रूपमा काम गरें,’ उनले लेखेका छन्।

कार्यशैलीबारे उल्लेख गर्दै उनले जिम्मेवारी जसरी पनि पूरा गर्ने बानी रहेको र ढिलासुस्तीको विरोधी रहेको बताएका छन्।

नेकपा एमालेमा ३३ वर्ष निरन्तर केन्द्रीय सदस्य रहे पनि आफूलाई नेता नभई कार्यकर्ता मानेको उनको भनाइ छ। पद र अवसरका लागि कहिल्यै मरिहत्ते नगरेको र समाज परिवर्तनका लागि हिँडेको सच्चा कार्यकर्ता भएको उल्लेख उनले गरेका छन्।

अब पार्टीका कुनै पनि कमिटी वा निकायमा नरहने स्पष्ट पार्दै अधिकारीले साधारण सदस्यका रूपमा पार्टी, समाज र देशको हितमा सक्दो योगदान दिने बताएका छन्। नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गर्दै खुसीका साथ सक्रिय राजनीतिबाट बिदा भएको उनको स्ट्याटसमा उल्लेख छ।

लामो राजनीतिक यात्रामा भएका आफ्ना भूलचुकप्रति सम्बन्धित सबैसँग क्षमायाचना गर्दै अधिकारीले बिदाइ सन्देश टुंग्याएका छन्।

 

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com