काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली निर्वाचित भएको विषयमा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफ्नो टिप्पणी सार्वजनिक गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बमले केपी शर्मा ओली अझै पनि “जनताको कठघरामा उभिन बाँकी रहेको” बताएकी छन्।

advertisement

उनले एमाले महाधिवेशनले भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरेको आरोप लगाएकी छन्।

‘उनीहरूले पुनः भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरे,’ बमले लेखेकी छन्, ‘तर उनीहरू जनताको कठघरामा उभिएका छैनन्। जनताले विश्वास दिन अझै बाँकी नै छ। युवाहरूले भदौ २३ मा आफ्नो आवाज सुनाइसकेका छन्, अब जनताले ब्यालेट बक्समार्फत सुनाउने छन्।’

आफ्नो टिप्पणीलाई थप स्पष्ट पार्दै उनले लेखेकी छन्, ‘तानाशाहलाई उसका आसेपासेहरूले बलियो बनाइरहेका होलान्। उनीहरूले बादशाहको नयाँ पोसाकलाई राम्रो भन्नैपर्छ। तर भीडभाडबीच चेतनशील र नडराएका मानिसहरू भने बादशाह नांगो छ भनेर भनिरहेका छन्। हिस्सेदारहरूले सम्झनुपर्छ—इतिहासले हरेक क्रूर तानाशाहलाई रिस र घृणाकै साथ स्मरण गरेको छ।’

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com