काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले रवि लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेशप्रति स्वागतयोग्य प्रतिक्रिया दिएका छन् । उक्त निर्णय विधिको शासन, सहकारी पीडितको हित तथा समग्र राजनीतिक सन्तुलनका दृष्टिले उचित रहेको उनको भनाइ छ ।
डा. भट्टराईका अनुसार अदालतको आदेशले लामिछानेलाई कानुनी प्रक्रियामार्फत आफ्नो निष्ठा प्रमाणित गर्ने अवसर दिएको छ । साथै, जनतामाझ पुगेर जनसमर्थन प्राप्त गर्ने बाटो पनि खुला भएको उनले बताए । अर्कोतर्फ, सहकारी पीडितहरूले आफ्ना गहिरा पीडाको समाधान कानुनी प्रक्रियाबाटै खोज्न सक्ने वातावरण बनेको उनको दाबी छ ।
रवि लामिछाने भैरहवामा हिरासतमा रहेका बेला डा. भट्टराई दुईपटक भेटघाटका लागि पुगेका थिए ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया