काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षसहित अधिकांश पदमा पुराना नेताहरूको विजयी हुँदै गएपछि नेता सुमना श्रेष्ठले असन्तुष्टि व्यक्त गरेकी छिन्। नयाँ अध्यक्ष केपी शर्मा ओलीको जितप्रति प्रतिक्रिया दिँदै उनले यसलाई ‘देशको वर्तमान अवस्था हुनुमा दलभित्रको लोकतन्त्रको अभ्यास नहुनु नै मुख्य कारण’ भएको बताएकी छन्।

श्रेष्ठका अनुसार, ‘देशको यो अवस्था हुनुमा दलभित्रको लोकतन्त्रको अभ्यासको अभाव नै मुख्य कारण हो। प्रधानमन्त्रीमा ‘म्युजिकल चेयर’ रोक्न ठूलो राजनीतिक परिवर्तन आवश्यक थियो। मात्र संख्यामा होइन, राजनीतिक चेतनामा पनि बढी आवश्यक छ।’

advertisement

उनले लेखेकी छन्, ‘२३ गते बिर्सन सकने नागरिक देश भन्दा बढ़ी पार्टीको भयो! हामी साच्ची २२-२४ राज्यको जमानामा पुग्यो !

एमाले महाधिवेशनमा ओलीले प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गर्दै अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। तर पोखरेलले केन्द्रीय सदस्यको रुपमा विजयी हुन सफल भएका छन्।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com