काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भैरहवा पुर्याउन ढिलाइ भएको छ । भैरहवाको जहाज खराब मौसमका कारण उड्न नसकेपछि त्रिभुवन विमानस्थलमा लामो प्रतिक्षा गर्नु परेको हो ।

रास्वपा नेता गणेश पराजुलीका अनुसार अब भैरहवा नभएर भरतपुर लैजान आँटिएको छ । भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा पुर्याइने उनले जानकारी दिए । रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् ।

advertisement

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com