काठमाडौं । ललितपुर महानगरपालिका–२४ धापाखेलमा डेढ महिनाअघि मृत फेला परेका भारतीय इन्जिनियरको हत्या भएको पुष्टि भएको छ । कात्तिक १९ गते ४६ वर्षीय देवकुमार निर्माणाधीन कोलोनीको प्यासेज क्षेत्रमा गाडिएको अवस्थामा मृत भेटिएका थिए ।

प्रहरी अनुसन्धान अनुसार भवनको डिजाइन कार्यका लागि नेपाल आएका देवकुमारको हातखुट्टा बाँधेर हत्या गरिएको देखिएको छ । शव उत्खननका क्रममा मुखमा टेप लगाइएको र हातखुट्टा बाँधिएको अवस्था फेला परेको ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले जानकारी दिए । उनले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए ।

advertisement

प्रारम्भिक अनुसन्धानमा मृतकको टाउकोमा चोट देखिएको छ । प्रहरीले निर्माणाधीन घरमा काम गर्ने मजदुरको संलग्नता हुनसक्ने आशंका गरेको छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार घटनामा कम्तीमा दुई जना व्यक्तिको संलग्नता हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

हत्यामा संलग्न आशंकित व्यक्ति घटना भएदेखि हालसम्म फरार छन् । घटनास्थल प्रहरी वृत्त सातदोबाटोको कार्यक्षेत्रभित्र पर्छ । यस प्रकरणको अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर ललितपुरका टोलीले संयुक्त रूपमा अघि बढाइरहेका छन् ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com