अमेरिकाले फेरि गर्‍यो ७५ नेपालीलाई डिपोर्ट

डिपोर्ट हुनेमा ७ महिनासम्म जेल बसेका, २ वर्षसम्म जेल बसेका र पीआर कार्ड नवीकरण नगरेका व्यक्तिलाई फिर्ता गरिएको छ।



काठमाडौं । अमेरिकाले अवैध बसोबास गरेका र कानुनको पालना नगरेका ७६ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता पठाइएको हो।

डिपोर्ट हुनेमा ७२ पुरुष र ३ महिला रहेका छन्। अधिकांश व्यक्ति अवैध मार्ग (तल्लो बाटो) हुँदै अमेरिका पुगेका हुन् भने २ जना भिजिट भिसामा अमेरिका बस्नेहरू पनि छन्। त्यस्तै ३० वर्षदेखि अमेरिका बस्दै आएका तर पीआर कार्ड नवीकरण नगरेका एक जना पनि डिपोर्ट भएका छन्।

advertisement

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, डिपोर्ट हुनेमा कोही ७ महिनासम्म जेल बसेका, कोही २ वर्षसम्म जेल बसेका पनि छन्। पीआर कार्ड नवीकरण नगरेका व्यक्तिलाई पनि फिर्ता गरिएको छ।

पंगेनीले बताएअनुसार, डिपोर्ट हुनेमध्ये धेरैले एक करोड रुपैयाँसम्म बिचौलियालाई बुझाएर अमेरिका पुगेको बताएका छन्। फिर्ता भएका व्यक्तिहरूलाई अध्यागमन कार्यालयले बुझाउने र थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाउने प्रावधान छ।

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन्। ट्रम्पले २०२५ जनवरी २० देखि पद सम्हालेका हुन्।

ब्युरोका अनुसार, पछिल्लो ७ वर्षमा ६६६ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। यसअघि भदौ १९ गते र जेठ २५ गते पनि अमेरिकाले ३७–३७ नेपालीलाई डिपोर्ट गरी नेपाल पठाएको थियो। ट्रम्प प्रशासनले आप्रवासी नीति कडा गर्ने घोषणा गर्दै १४ लाख ४५ हजार भन्दा बढी व्यक्तिसहित १,३६५ नेपालीलाई डिपोर्ट गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com