काठमाडाैं । बुटवल–तुलसीपुर उच्च अदालतको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटी रकम बुझाएपछि रिहा गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै बिगो बराबरको धरौटी बुझाउने शर्तमा रिहा गर्न सकिने निर्णय सुनाएको हो ।

advertisement

अदालतका रजिस्ट्रार अमित उप्रेतीका अनुसार जिल्ला अदालतले यसअघि तोकेको धरौटी रकम तथा निवेदकले प्रस्ताव गरेको धरौटी स्वीकार गरिएको छ । उनका अनुसार जिल्ला अदालतले कायम गरेको एक करोड रुपैयाँभन्दा बढी र निवेदकले प्रस्ताव गरेको दुई करोड ७४ लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछानेलाई रिहा गर्ने आदेश भएको हो ।

अब लामिछानेलाई धरौटी बुझाउन जिल्ला अदालत रुपन्देहीमा पुनः निवेदन दिनुपर्नेछ । सोही प्रक्रिया पूरा गरी धरौटी रकम बुझाएपछि मात्र उनी रिहा हुने अदालतले जनाएको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com