काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन अझै बाँकी रहेको बताएका छन्।
शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले हाल आफू बोल्ने समय नआएको उल्लेख गरे। अन्यायको हिसाब मिलिसकेपछि मात्रै धेरै कुरा राख्ने उनको भनाइ थियो।
उल्लेखनीय छ, बिहीबार तुलसीपुर उच्च अदालतको बुटवल इजलासमा न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालतले साउन २६ गते दिएको आदेश बदर गरेको थियो। सो इजलासले बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया