काठमाडौं। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनिकमाथि ज्यान जाने गरी गरिएको आक्रमणको बदला लिँदै अमेरिकाले ‘अपरेसन हकाइ स्ट्राइक’ सञ्चालन गरेको हो।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकौम) का अनुसार मध्य सिरियाका ७० भन्दा बढी स्थानलाई लक्षित गर्दै लडाकु विमान, अट्याक हेलिकप्टर र आर्टिलरीमार्फत भीषण बमबारी गरिएको छ। आक्रमणमा जोर्डनका लडाकु विमानहरूले समेत सहयोग गरेका छन्।

advertisement

गत डिसेम्बर १३ मा सिरियाको पाल्मिरा सहर नजिक आईएस समूहले गरेको एम्बुस आक्रमणमा दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएपछि अमेरिकाले यो कठोर सैन्य कारबाही अघि बढाएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईएसका गढहरूमा अत्यन्त शक्तिशाली प्रहार भइरहेको भन्दै दोषीहरूलाई कुनै हालतमा नछाडिने चेतावनी दिएका छन्।

सेन्टकौमका अधिकारीहरूका अनुसार शुक्रबार साँझबाट सुरु भएको यो अपरेसनमा सयभन्दा बढी अचुक निशाना लगाउने हतियार प्रयोग गरिएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यस कारबाहीलाई युद्धको सुरुवात नभई ‘प्रतिशोधको स्पष्ट सन्देश’ भएको बताएका छन्।

उनले संसारको जुनसुकै कुनामा भए पनि अमेरिकी नागरिकलाई लक्षित गर्ने जो कोहीलाई खोजेर नष्ट गरिने चेतावनी दिएका छन्।

सिरियाली सरकारको समेत समर्थन रहेको दाबी गरिएको यस आक्रमणमा आईएसका महत्वपूर्ण सैन्य पूर्वाधार, हतियार भण्डार तथा कमाण्ड केन्द्रहरूलाई निशाना बनाइएको छ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com