काठमाडौं । विघटित प्रतिनिधिसभा, एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपति रामचन्द्र पौडेलले संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्ने बताएका छन् ।

संविधानको परिपालक र संरक्षकको जिम्बेवारीमा समेत रहेका राष्ट्रपति पौडेलले संवैधानिक असावधानी र कमजोरीकै कारण सार्वभौम जनताबाट निर्वाचित जनप्रतिनिधिमुलक सर्वोच्व संस्था प्रतिनिधिसभाको विघटन भएको बताए ।

advertisement

“राष्ट्रपतिज्यूले अदालतमा विचाराधीन रिटहरूमाथिको आदेश कुरिरहनु पर्दैन” उनले भने, “राष्ट्रपति स्वयंबाट संविधानसम्मत निर्णय हुन नसक्दा संवैधानिक संकट उत्पन्न भयो । बढ्दो राजनीतिक अस्थिरताको तत्काल अन्त्य गर्न संसद् पुनर्स्थापनासम्बन्धी विगतको नजिरका आधारमा समेत लोकतन्त्र, संविधान र राष्ट्रप्रतिको जवाफदेहितालाई शिरमा राख्दै अविलम्ब संसद पुनस्र्थापनको घोषणा गरी संसद्को बैठक आह्वान गर्नुपर्छ ।”

संसद् विघटन मात्रै होइन, लोकतन्त्रको आत्मामाथिको नांगो प्रहार र जनतामा निहित सार्वभौमसत्ताको शिर छेदनसमेत भएको उनको भनाइ छ ।

संवैधानिक कमजोरी राष्ट्रपतिबाट जुन बिन्दुबाट कमजोरी भएको हो सोही बिन्दुबाट त्यसलाई सच्याउन उनले आग्रह गरे ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com